समय : ०६:४० am | मङ्गलबार , वैशाख २२ गते २०८३

माण्डवी-५ मा ज्येष्ठ नागरिकलाई सम्मान

स्वर्गद्वारी अपडेट | माघ १५ गते २०८०

प्युठान।माण्डवी गाउँपालिका वडा-५ रम्दिले एकल महिला तथा जेष्ठ नागरिकलाई सोमबार सम्मान गरेको छ।यस वडाभित्र रहेका ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप तातो कपडा वितरण गरिएको हो। 

सोमबार वडा कार्यालयमा एक कार्यक्रम गर्दै १ सय २७ जना अति बिपन्न परिवार,एकल महिला तथा जेष्ठ नागरिकहरुलाई बल्याङकेट(तातो कपडा) वितरण गरेको वडा-५ का वडाध्यक्ष  दुर्गा प्रसाद आचार्यले बताए। "हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ  नागरिक हुने बताउँदै ज्येष्ठ नगारिकहरुलाई सम्मान गरेको हो।"उनले भने- "समाजका अघिल्लो पुस्ता र समाजका अभिभावकलाई सधै सम्मानको खाँचो रहेको वडाध्यक्ष आचार्यको भनाई छ।"

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उनीहरुलाई  स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बल्याङकेट वितरण गरिएको वडा अध्यक्ष आचार्यले  जानकारी दिए।

यो पनि पढ्नुहोस्