समय : ०८:४२ am | आइतबार , भाद्र २३ गते २०८१

मन्त्री थापालाई गृहजिल्ला प्युठानमा भब्य स्वागत

स्वर्गद्वारी अपडेट | पौष २३ गते २०८०

प्युठान।लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा )लाई आज गृहजिल्ला प्युठानमा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।

पहिलो पटक मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री  थापालाई प्युठानका विभिन्न स्थानमा स्वागत गरिएको हो ।

नेपाल तरुण दल प्युठानद्वारा स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमको साथै क्षेत्र न.१ मा बधाई ज्ञापन कार्यक्रम ,स्वर्गद्वारी यातायात समितिद्वारा संचालित नेपाल भारत मैत्री बस उद्घाटन, जुम्रि स्थित होटल आयुस्मामा कार्यकर्ता तथा शुभेच्छुक भेटघाट गरेका थिए ।

प्युठानमा एकतिस बर्ष पछि नेपाली काँग्रेसको साख जोगाउदै थापा मन्त्रीमा नियुक्त भएका छन्।दर्भान, बडडाडा,देबिस्थान ,जस्पुर र जुम्रिलगायतका स्थानमा स्वागत गरिएको थियो।सो क्रममा मन्त्री थापा  समक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्