समय : ०५:३१ am | आइतबार , भाद्र २२ गते २०८१

ऐरावति गाउँपालिकामा माओवादीको रुपान्तरण अभियान समापन

सन्तोष सुनार | पौष १४ गते २०८०

पुस १४ गते, प्युठान । जिल्लाको . ऐरावती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान समापन भएको छ।जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी भन्ने विशेष नाराका साथ भदौ १४ गते उद्घाटन गरि १६ गते देखी सन्चालन गरिएको थियो।


कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्य रुद्र बन्जाडेको , केन्द्रिय सदस्य ओम प्रकाश श्रेष्ठ,जिल्ला संयोजक नमराज अधिकारी,प्रदेश कमिटी सदस्य बुद्ध बस्नेत,पुर्ण प्रसाद सापकोटा,हरि बस्नेत,र पदम थापा , जिल्ला समन्वय समितिका सदस्यहरु , विभिन्न जनबर्गिय मोर्चाका नेताहरुको उपस्थित रहेको थियो।


कार्यक्रममा केन्द्रले संचालन गरेको अभियानको उपलब्धि ,महत्त्व र आगामी योजनाको विषयमा निर्मल आचार्य,रुद्र बन्जाडे,नमराज अधिकारी’रोसन’ र बुद्ध बस्नेतले राजनैतिक प्रशिक्षण गर्नुभएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्