समय : ०३:२१ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

प्यूठानमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए आमा छोरा

स्वर्गद्वारी अपडेट | पौष ९ गते २०८०

प्युठान।प्यूठानमा आमा छोरा मृत फेला परेका छन्।प्युठानको झिमरुक गाउँपालिका–३ पिपलरूख भन्ने स्थानमा दुईजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर हुमानन्द खनालले जानकारी दिए।

उनीहरू  घरबाट दुईसय मिटर पर रहेको  काफलको बोटमा झुन्डिएको अवस्थामा फेला परेको खनालको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले बताए। 

यो पनि पढ्नुहोस्