समय : ०१:४४ pm | मङ्गलबार , भाद्र ३० गते २०८३

सडकबाट चिप्लिएर खाडलमा खसे पनि हुँकार गर्देछन- गिरी

स्वर्गद्वारी अपडेट | कार्तिक २४ गते २०८०


मोहन गिरी प्युठान।

भुलभुलैया

सडकबाट चिप्लेकाहरु
चिप्लिदै चिप्लिदै
खाडलमा खसेर पनि
अझै हुँकार गर्दै छन्
अझै नचिप्लिएको बाहाना गर्दै
चिच्याई रहेछन खाडलबाट
आहावान गरिरहेछन खाडलमा आऊ
कुर्लिरहेछन खाडल राम्रो छ
भुकिरहेछन खाडलबाट
माहोल राम्रो छ
भनिरहेछन “जनवाद”
भनिरहेछन “समाजवाद”
के छ र तिनीहरुलाई
“आफ्नो टाउको फुटेपछि
मितको टाउको बेलैसरी ”

    गिरी स्वर्गद्वारी बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख पनि हुन ।                 

यो पनि पढ्नुहोस्