समय : ०५:३८ am | आइतबार , भाद्र २२ गते २०८१

ऐरावतीका हुम बहादुरले पाए ५९ वर्षमा नागरिकता

सन्तोष सुनार | भाद्र १२ गते २०८०

भदौ १२ ,प्युठान।ऐरावती गाँउपालिका -५ बस्ने हुम बहादुर गाईनले ५९ वर्षको उमेरमा सोमबार नेपाली नागरिकता पाएका छन्।जिल्ला प्रशासन कार्यालय प्युठानबाट बुढेसकालमा नागरिकता पाउँदा उनि निकै खुसी भएका छन्।

आफूलाई पहिला नागरिकताको महत्व थाहा नभएको र पछी  थाहा भएपछि बल्ल अहिले नागरिकता बनाएको हुम बहादुर गाईन भने।उनले भने - ‘नागरिकता नभएरै अहिलेसम्म सबै सेवा सुबिधा बाट उपभोग गर्न,कठिनाइ भएको थियो, अब भने नेपाल सरकारको सेवा उपभोग गर्न पाइने भयो’ खुसि हुँदै उनले भने। 

ऐरावती गाउँपालिकाका वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरले हुम बहादुर गाईनले नागरिकता पाएपछी खुसीको भएको व्यक्त गरेका छन्।उनि सामाजिक संजाल फेसबुकमा लेख्दै –"आज मलाई धेरै खुसी र सन्तुष्ट भएको अनुभूति गरेको छु, वडा अध्यक्ष भएकोमा आफुलाई गर्व महसुस गरेको बताएका छन।" अब हुम बहादुर गाईन  र उहाको श्रीमतीको बिबाह दर्ता गरि श्रीमती र उहाँहरुको कोखबाट जन्मेका सन्तानको नागरिकाता बनाउने प्रायासमा छौं अध्यक्ष रोकाले भने।यस भन्दा अघि सोहि वडाका सिदुरे डाडा निवासी  साङ्ले गाइन ४१ वर्ष पछी नेपाली नागरिकता पाएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्