समय : ०७:०९ am | आइतबार , भाद्र २३ गते २०८१

माण्डवीका प्रशासकीय प्रमुखले सम्झौता बिपरित रकम मागेको आरोप

स्वर्गद्वारी अपडेट | भाद्र ४ गते २०८०

भदौ ४ , प्युठान।माण्डवी गाउँपालिकाले झिमरुक,माडी र अरंगखोला नदीका ढुंगा, गिट्टी र बालुवा उत्खनन्को ठेक्का प्रक्रियामा प्रसासकिय प्रमुखले सम्झौता बिपरित पैसा मागेको आरोप लागेको छ।

माण्डवी गाउँपालिकाले नदिबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न भन्दै गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को कार्तिक १७ गते (चौथोपटक) मु.अ कर सहित ३० लाख १ हजार ३ सय ८७ रुपैया ८५ पैसामा न्यूनतम मुल्य राखेर ठेक्का आब्हान गरेको थियो।

ठेक्का आब्हान गरेको चौथो पटकमा उक्त रकममा श्री सलिना निर्माण सेवा उद्योगले उक्त ठेक्का लिएको थियो। आ.व ०७९/८० को ठेक्का सम्झौता सकिएपछी रकम बुझाउने बेलामा माण्डवी गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत प्रकाश पाण्डेले ठेकेदारलाई पटक-पटक फोन गरी सम्झौता गरेको रकमा १३ प्रतिशतले कर लागेको भन्दै करिव ४ लाख रुपैंया मागेको ठेकेदारको भनाई रहेको छ। उनले भने –"हाकिमले मलाई पटक-पटक फोन गरेपछी मैले सम्झौता बिपरित रकम किन दिने भन्दा प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रिन्ट गलत हुँदा यस्तो भएको बताएको ठेकदारले बताए।" ठेक्का सम्झौता सकिएपछी गाउँपालिकालाई मु.अ कर सहित ३० लाख १ हजार ३ सय ८७ रुपैया ८५ पैसा बुझाईसकेको श्री सलिना निर्माण सेवा उद्योगका ठेकेदारले बताएका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्