प्युठान । नेपाल सोतोकान कराते संघ प्युठानद्वारा खेलाडिलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
![](https://sworgadwariupdate.com/wp-content/uploads/2023/08/IMG_0499-1024x683.jpg)
सोमवार प्युठान नगरपालिका ७ मा रहेको कर्भड हलमा एक कार्यक्रम बिच नेपाल सोतोकान कराते संघ प्युठानद्वारा जुनियर ग्रेडिङ बृद्धिको खेलाडीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपाल सोतोकान कराते संघ प्युठानका प्रमुख प्रशिक्षक तथा महासचिव शंकर विकले खेल भनेको स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागि खेलकुद भएकाले कुनै पनि खेलकुदमा आशा राख्ने व्यक्तिले सानै उमेरदेखि खेलको तरिका बुझी मिहिनत , नियमित रुपमा अनुशासीत भई खेलेमा आफ्नो लक्ष्य हासिल गर्ने बताउनु भएको छ । अन्तराष्ट्रियस्तरको ओलम्पिकमा खेल्ने खेलमध्ये सोतोकान कराते पनि एक उकृष्ट खेल भएको विकले बताउनुभयो ।
सोतोकान कराते खेलको विकास जापनको ओकिनावा टापुमा मास्टर गिचिन फुनाकासीले सुरु गर्नुभएको र नेपालमा वि.स २०५४ बैशाख १० गते. श्री ५ युवराजधिराज दिेपेन्द्र वीर विक्रम शाहदेवको पालामा पेम्वा तामाङले सञ्चालन गर्नु भएको र हाल नेपाल सोतोकान कराते संघको केन्द्रिय प्रमुख प्रशिक्षक श्याम शेर्पा रहनुभएको बताउदै यो खेल कराते मार्सलआट तथा आत्मा रक्षा गर्ने खेल भएको महासचिव विकले बताउनु भएको थियो । हाल श्विमा विभिन्न प्रकारका कराते खेलहरु भए पनि सोतोकान करातेको सुरुवात भएपछि मात्र अन्य मार्सल आटहरुको विकास हुदै गएकोे उहाँले धारण राख्नु भएको थियो। सोतोकान करातेका खेलाडीहरु राष्ट्रिय खेलहरु हुदै अन्तराष्ट्रियस्तरसम्म ख्याति प्राप्त गरेको समेत विकले बताउनु भएको छ । मार्संल आट सिक्न चाहने इच्छुकले समयमै कुन खेलमा भविष्य छ भनी छनोट गरी खेलमा सहभागी हुन खेलाडीहरुलाई आग्रह गर्नु भएको छ ।
![](https://sworgadwariupdate.com/wp-content/uploads/2023/08/IMG_0487-1024x683.jpg)
त्यस्तै कार्यक्रममा अथिति रहनु भएका वाईसीएल नेपाल प्युठान जिल्ला संयोजक अध्यक्ष मोहोन परियारले खेलहरुको माध्यमबाट खेलेका खेलाडीहरु राष्ट्रको गहना तथा पहिचान भएको बताउनु भएको छ । सोतोकान करातेका खेलाडीहरुलाई खेलमा अनुशासीत भई खेली देश देखी विदेशसम्म आफ्नो चिनारीसँगै पहिचाहन राख्न शुभकामना दिनुभएको थियो ।जीवनमा निरन्तर आट, साहश र धैर्य भएर खेलेमा खेलाडीहरुको पनि भविष्य उज्वल रहेको परियार भनाई रहेको छ ।
![](https://sworgadwariupdate.com/wp-content/uploads/2023/08/IMG_0499-1-1024x683.jpg)
कार्यक्रममा ३५ जना खेलाडीलाई रातो वेल्ट र १० जनालाई हरियो वेल्ट र २ जना खेलाडीलाई खैरो वेल्ट तथा प्रमाण हस्तान्तरण गरिएको हो । सोतोकान कराते संघ प्युठानका अध्यक्ष अमर थापा मगरको अध्यक्षयतामा भएको कार्यक्रममा जिल्ला खेलखुद विकास प्युठानको कार्यलय प्रमुख गीता कार्की , कोषदक्ष्य खेम सुनार , सल्लाकार सदस्य कृष्ण विक , पत्रकार सन्तोष सुनार ,समाजवादिका प्रेश सल्लाकार पुरन पुन मगर , प्रशिक्षक नरेश पुन मगर लगायत खेलाडीहरुको उपस्थित रहेको थियो कार्यक्रमको सञ्चालन प्रशिक्षक नन्धन पुन मगरले गर्नु भएको हो ।