समय : ०८:०६ am | आइतबार , भाद्र २३ गते २०८१

घाँस काट्दै गरेकी श्रीमतीको हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८०

बर्दिया - बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा घाँस काट्दै गरेकी श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् । सानोडाँफेका ५० वर्षीय कृपाल सुनार बिहीवार हिजाे ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेकाे आराेपमा पक्राउ परेका हुन् । 

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्