समय : १०:५४ pm | बुधबार , माघ २३ गते २०८१

झिमरुक गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला

सन्तोष सुनार | श्रावण १६ गते २०८०

प्युठान । झिमरुक गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन । मङ्गलवार गाउपालिकाको वडा नं. १ सौतामारेमा बाङ्गेमोरोडका बर्ष ५३ का लाल बहादुर रोका मगर मृत अवस्थामा फेला परेका हुन । रोका मगर आईत बार घरबाट नागरीकता बनाउन घरबाट निस्केको हुन । उनी अचानक आज मृत अवस्थामा भेटिएको वडा अध्यक्ष धु्रव राज खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । उनीलाई बाटोमा आवतजावत गर्ने मानिसले विहान ९ बजेदेखि देखेको तर मृत भएको थाहा नभएको समेत खनालले बताउनुभयो । मृतको लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल विजुवार ल्याईदै छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्