असार १६ प्युठान । जनज्योति सामुदायिक वन बाट अवैध रुपमा कटान गरिएको खयर जातको गोलिया बरामद गरेको छ ।
माण्डवी गाउँपालिका-४ दक्सुने स्थित जनज्योति सामुदायिक वन बाट शुक्रबार ७३ थान अवैध रुपमा कटान गरिएको खयर जातको गोलिया बरामद गरेको छ ।ईलाका वन कार्यालय भिंग्री र अस्थायी प्रहरी पोस्ट जस्पुरको सक्रियतामा सो गोलिया बरामद गरेको थियो ।आवश्यक कारवाहीको लागी बरामद गरी नियन्त्रणमा लिएको ईलाका वन कार्यालय भिंग्रीले जनाएको छ । सो कटानको बारेमा अनुसन्धान भईरहेको ईलाका वन कार्यालय भिंग्रीले बताएको छ ।