प्युठान । खडेरीले खेतमै मकै सुकेपछि प्युठानका किसान चिन्तित बनेका छन्।
लामो समय खडेरी परेपछि मकैको घोगा लाग्ने बेलामा बढ्दो तापक्रमले गर्दा मकै सुक्न थालेपछि किसान चिन्तित देखिन्छन।
अव यो सुकेको मकै के काम ? गाई बस्तुलाई समेत दिदा खादैनन् ,न घाँस भयो न अन्न भयो माण्डवी गाउँपालिका-१तिरामका कृषक दिवाकर अधिकारीले बताए।उनले भने ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो, मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गएको अधिकारीले भने।"
स्वर्गद्वारी नगरपालिकाको -९ जुडापाटाका कृषक पुनाराम खत्रीले २ वटा पाटामा करिब १५ रोपनीमा मकै रोपेका थिए।अब घोगा लागेर अन्न भित्राउने बेलामा यो खडेरीले गर्दा सबै मकै सुक्न थालेपछि फोकटमा मेहनत मात्र खेर गएको बताउछन।"चर्को घाममा पाईपबाट पानि अलिअलि पानि चार्हेर भएपनि हुन्छ कि भनेको केहि नभएको खत्री बताउछन।"
प्युठानका धेरै किसानहरु चिन्तित बनेको छन् ,यतिखेर मेहनत खेर गयो उता बोटमै मकै सुक्न थाले।सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।प्राकृतिक कारणले यस वर्ष मकै मात्र होईन तरकारी पनि सुकेको छ ।