समय : ११:५३ pm | बुधबार , माघ २३ गते २०८१

बृहत रक्तदान कार्यक्रम माण्डवीमा सम्पन्न

सन्तोष सुनार | जेठ ३१ गते २०८०

राजेन्द्र रावत क्षेत्री , प्यूठान् ।

प्यूठान जेठ ३१ । विश्व रक्तदाता दिवशको अवसर पारी नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले आज माण्डवीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त सञ्चार केन्द्र रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समुह प्यूठानको आयोजनामा दिवशको अवसर पारी बृहत रक्तदान कार्यक्रम माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा सम्पन्न गरिएको हो ।


आज बिहान ७ बजे देखी सुरु भएको बृहत रक्तदान कार्यक्रममा माण्डवी गाँउपालिका का अध्यक्ष नवराज अधिकारी ९ रोषन कार्यपालिका सदस्य जितामित्र सुनार, पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकास पाण्डे, पालिका स्थित प्रशासन शाखा अधिकृत बलराम पौडेल सहित जम्मा ४३ जना ले रक्तदान गरेको नेपाल स्वयंमसेवी रक्तदाता समाज प्यूठानका कोषाध्यक्ष मनु लामा ले जानकारी दिएका छन् । रक्तदान स्थलमै रक्तदाताहरु लाई प्रमाण पत्र पनि प्रदान गरिएको कोषाध्यक्ष लामा ले जानकारी दिए ।
रक्तदान जिवन दान भएकोले यस पालिकाको इतिहाँसमै पहिलो पटक कृहत रक्तदान कार्यक्रमको लागी सहजीकरण गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोषनले बताए । पालिका तहमा रक्तदान कार्यक्रमलाई यति महत्वका साथ प्राथमिकतामा पारी सहयोग र सहजीकरण गरिएको प्रदेशमै पहिलो पालिका भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही द्वारा सन्चालित रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक केशर गाहले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्