समय : ०५:१५ pm | शुक्रबार , फागुन १५ गते २०८२

गन्धर्व समुदायका लागि सारङगी तालिम

सन्तोष सुनार | जेठ ३० गते २०८०

प्युठान । प्युठान नगरपालिका -३ विजयनगरमा लोपोन्मुख गन्धर्व समुदायका लागि सारङ्गी बजाउने तालिम सुरु भएको छ । मंगलबार प्युठान नगरपालिकाको आर्थिक सहयोगमा गन्धर्व समाज नेपालले विजयनगरको कुवापनीमा -३ का वडा अध्यक्ष सुमनराज क्षेष्ठले उद्घाटन गरी तालीम सुरु भएको हो ।

वडा अध्यक्ष क्षेष्ठले उद्घाटन कार्यक्रममा बोल्दै विजयनगरमा रहेका गन्धर्व समुदायहरुलाई सारङ्गी बजाउन सिप आर्जन गरी क्षमतामा विकास र सस्कृतिको संरक्षण गर्न आग्रह गर्नु भएको थियो । यस तालिमले विजयनगरको पहिचाहन दिने उहाँको भनाई रहेको छ। पुर्खाहरुको चिनो तालिममा लोपोन्मुख गन्धर्व समुदायलाई सीप संगै आफ्नो कला सस्कृतिको जगेर्ना गर्नुका साथै संरक्षण हुने उदेश्यले तालिम सञ्चालन गरिएको गन्धर्व समाज नेपाल प्युठानले जनाएको छ ।

सारङगी बजाउने सम्बन्धि प्रशिक्षार्थीलाई तालिमको प्रशिक्षक गन्धर्व समाज नेपाल प्युठानका अध्यक्ष धुर्व गन्धर्भ र सचिव अर्जुन गन्धर्वले दिनुभएको छ । तालिमको लागि प्युठान नगरपालिकाले एक लाख विस हजार दिएको हो । तालिम दश दिन चल्ने छ । तालिममा १२ जना सहभागी रहेका छन ।

यो पनि पढ्नुहोस्