प्युठानका दुई ठुला खोला भनेको माडी र झिमरुक हुन् l जव खोला धमिलो हुन्छ तव माझीहरू माछा मार्न खोला पुग्छन l तर आजकल भने त्यति माछा मार्ने काममा त्यति रमाउँदैनन्। कुनै समय माडी नदीमा माछा मारेर परिवारका लागि नुन–भुटुनको जोहो गर्ने उनीहरू माछा मार्ने पुख्र्यौली पेसा छाडेर अर्कै कामधन्दामा लागेका छन्।प्युठानमा बादी परिवारको माछा मार्ने मुख्य पेशा नै थियो तर त्यो परिवार जिल्ला मै भेटाउन मुस्किल छ l
तस्बिर -माधव के.सी
हुन त खोलामा पर्याप्त माछा नै कहाँ पाइन्छ र ? माण्डवी गाउँपालिकाका ५४ वर्षे लाल बहादुर पुन सम्झन्छन्, ‘पहिले माडी नदीमा प्रशस्त माछा पाइन्थ्यो। अहिले त्यस्तो माछा कहाँ पाइन्छ र ? पाउनै मुस्किल छ। यसरी माछा घट्दै गएको ७/८ वर्ष जति भयो।’ अब तराइको माछा बजारमा छ्यापछ्याप्ती भेटिन थालेको पुन बताउछन l