समय : ०८:०० am | आइतबार , भाद्र २३ गते २०८१

स्वर्गीय आमा र बुवाको स्मृतिमा प्रतिक्षालय निर्माण

सन्तोष सुनार | जेठ २० गते २०८०

२० जेठ, प्युठान ।जन्मस्थान मल्लरानी -४ बूढाचौर ,भन्ज्याङ प्युठानका  हाल तुलसीपुर-८ दाङमा स्थायी रुपमा बसोबास गर्दै आउनुभएको चन्द्र शाहले आमा बुवाको  स्मृतिमा झाक्रिस्थान मन्दिरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।

खलँगा सरोकार समुह प्युठान मार्फत बुवा स्वर्गीय रण बहादुर शाह र आमा स्वर्गीय मन कुमारी शाह को सम्झनामा करिब २ लाख ५० हजार लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएको  हो। आमा मन कुमारी ०७१ सालसा ६७ वर्ष र बुवा रण बहादुरको २०७३ सालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।

जिल्लाको मल्लरानी गाउँपालिका ४ मा पर्ने प्युठान जिल्लाको प्रसिद्द धार्मिकस्थल  झाँकृस्थान मन्दिर हो।जिल्ला र जिल्ला बाहिर बाट दर्शन गर्नको लागि आउने सयौं संख्याका भक्तजनहरु अब प्रतिक्षालयमा बस्न सक्नेछन।शाहले प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन्।आमा र बुवाको स्मृतिमा आवश्यक ठाउँमा सँरचना बनाउने प्रतिबद्दता गरेको थिएँ आज त्यो प्रतिबद्दता पुरा भएको बताउनुभयो।अब केहि छिटपुट काम बाँकी छ र छिट्टै नै यो सँरचना लाइ हस्तान्तरण गर्ने तयारीमा छौँ,शाहले बताउनुभयो ।साथै यस निर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नु भएका सबैलाई धन्यबाद समेत व्यक्त गर्नु भएको छ।आमा बुवाको नाममा सामाजिक काम गर्ने लामो समय देखिको इच्छा पूरा भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईरहने बताउनुभयो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्