समय : १०:१० am | शुक्रबार , कार्तिक २ गते २०८१

सुनकोशी नदीमा बेपत्ता तीनै जनाको पहिचान खुल्यो

स्वर्गद्वारी अपडेट | जेठ २० गते २०८०

१९जेठ/ शुक्रबार बिहान करिब ११ बजेतिर भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । सुनकोशी नदीमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ ।

स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका-६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेका छन् ।

सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने सिन्धुली प्रहरीको अनुमान छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्