समय : ०२:३६ am | शुक्रबार , मंसिर ६ गते २०८१

सहकारीकर्मीहरुलाई लेखा ब्यवस्थापन तालिम सुरु

राधिका भुषाल | जेठ २० गते २०८०

प्यूठान l प्यूठान जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका ब्यस्थापकहरुका लागी ६ दिने लेखा ब्यवस्थापन तालिम शुक्रवार देखि सुरु भएको छ।

माण्डवी गाउँपालिकामा – ३ दामिरमचौर (JIDCO) हलमा सहकारी प्रशिक्षालय बाँके को आयोजना र जिल्ला सहकारी संघ प्यूठानको समन्यवनमा  तालिम संचालन भएको हो । उक्त तालिमको उदघाटनमा सहकारी बिकास बोर्ड लुम्विनी प्रदेशका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले गरेका थिए।

तालिमको उदघाटन गर्दै पोखरेलले सहकारीमा लेखा ब्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा बिभिन्न समस्या आएको बताउदै लेखा ब्यवस्थापन जस्तो संबेदनशील बिषयमा ध्यान दिन लेखा ब्य्स्थापकहरुलाई आग्रह गरेका थिए।उनले भने- "अहिले प्रदेशमा रहेका कतिपय सहकारीको समस्या उठेका छन अव सहकारीहरु प्रबिधिमैत्री हुन जरुरी छ।"

तालिमका प्रमुख अतिथि रहेका पोखरेलले तालिमलाई ब्यवहारमा कार्यान्वयन गरि सहकारीहरुलाई सहज र सरल तरिकाले व्यस्थापन गर्न लेखा व्यस्थापन तालिमको महत्वपूर्ण भूमिका रहेको बताए ।

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले सहकारी संस्थाहरुले मानव संशाधनका पक्षमा ध्यान दिन आग्रह गरेका थिए ।उनले सहकारी संस्थाहरुमा संख्यात्मक पक्ष उल्लेख्य रहेतापनि गुण पक्ष कमजोर रहेकाले लेखा ब्ववस्थापन तालिमले त्यो अपेक्षा पुरा गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए ।

उदघाटन सत्रमा बोल्दै प्रशिक्षक तथा बिजय फूलवारीका ब्यवस्थापक प्रकाश बैद्यले सहकारी क्षेत्रका बिभिन्न जोखिमहरुबाट मुक्त हुन यो तालिमले सहयोगी हुने बताए ।तालिमको उदघाटन सत्र प्रशिक्षालय केन्द्र बाँकेका प्राचार्य बिनोद पौडेलको अध्यक्षता सम्पन्न भएको थियो । उदघाटन सत्रमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई भोजलाल थारुले स्वागत गरेका थिए भने गोपाल पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।

प्यूठान र रुपन्देहीका गरी २५ जनाको सहभागितामा सम्पन्न तालिममा प्रशिक्षकहरु बिनोद पौडेल, गोपाल पौडेल, भोजलाल थारु र प्रकाश बैद्यले प्रशिक्षण दिने छन् । तालिम जेठ २४ गते सम्म संचालन हुनेछ  l 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्