समय : ०१:१३ pm | शुक्रबार , फागुन १५ गते २०८२

प्युठानमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

सन्तोष सुनार | जेठ ११ गते २०८०

जिल्लाको गौमुखी गाउँपालिका ५ खुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार राती सालीबिसौनाबाट ठूलाबेसी तर्फ जादै गरेको लु ४ त १२२५ नं को खाली ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुदा ट्याक्टर चालक २२ वर्षीय सुमन हमाललाई जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी सुशिल थापाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । उक्त दुर्घटनामा गौमुखी ५ ठूलाबेसीका सहचालक सुरज मल्ल घाइते भएका छन। मल्लको थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकदेखि २० मिटर तल खसको हो ।

यो पनि पढ्नुहोस्