समय : ०७:२३ pm | शुक्रबार , चैत्र ६ गते २०८२

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष सुनार | जेठ ५ गते २०८०


प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ३ सेपुङका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

शुक्रवार वडाअध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठको पहलमा हेल्प नेपाल नेटवर्कको सहयोगमा वडा नम्बर ३ विजयनगरमा रहेको सरस्वती प्रा .वि. सेपुङका १०० जना विद्याथीलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थी भविष्यको देशका कर्णधार हुन र उनीहरुमा चेतनशलि भई गाउँ समाजमा सकरात्मक पक्षहरु साथ अगाडि बढ्ने र समाज चेतनसील हुने वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ।पोसाकसहित र शैक्षिक सामाग्री विद्यार्थीहरूले पाउँदा, हर्षित र खुसि भएका छन।

यो पनि पढ्नुहोस्