समय : ०९:०६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

वडा अध्यक्ष श्रेष्ठद्वारा चादनीलाई उपचारमा सहयोग

सन्तोष सुनार | जेठ ४ गते २०८०

प्युठान नगरपालिका १० निवासी चादनी विकलाई प्युठान नगरपालिका ३ का वडाअध्यक्ष तथा नगरप्रवक्ता सुमन राज श्रेष्ठ र डा. राजेन्द्र पौडेलले उपचाराका लागि सहयोग गरेका छन ।

दुई हप्ता अगाडि क्वाडिमा मोटर साईकलमा दुर्घटनामा परी गम्भिर घाईते भएकी े सुरज बिकको छोरी२२ वर्षीय चादनीको निशुल्क उपचारका लागि व्यवस्था मिलाएका हुन । मोटर साईकल दुर्घटनामा चादनीको टाउकोमा गम्भीर चोट लाग्नुका साथै बङ्गारा भाचिएको र खुट्टा समेत तीन ठाउबाट भाचिएको थियो।

उनको जिल्ला अस्पतालमा उपचार सम्भब नभए पछि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो। पोखरामा उपचार र अप्रेसन भए संगै उनको अबस्था अहिले सामान्य रहेको छ। घाईती चादनीको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा लाग्ने सम्पुर्ण खर्च निशुल्क गरिएको डा.राजेन्द्र पौडेलले जानकारी दिए। पौडेलले जिल्लाका सयौं गरिबी तथा बिपन्न बिरामीहरुको निशुल्क तथा सहुलियतमा उपचार गर्दैआईरहेका छन।

यो पनि पढ्नुहोस्