समय : ०९:०६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्यूठानले रेडक्रसले बन्दीहरुलाई सामग्री वितरण

स्वर्गद्वारी अपडेट | वैशाख २५ गते २०८०
सन्तोष सुनार प्युठान । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले कारागारका कैदी बन्दीहरुको लागि सरसफाई र स्वच्छता सम्बन्धि सामग्री वितरण गरेको छ । मनैदेखिसेवा भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना र जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा कारागार कार्यालय प्यूठानमा रहेका कैदी बन्दीहरुको लागि सोमवार एक कार्यक्रम विच सरसफाई तथा स्वच्छता सामग्री वितरण गरेको हो । । कारागार कार्यालयमा रहेका ७४ जना कैदी बन्दीहरु मध्ये ६९ पुरुष र ५ महिलाको लागि उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा मर्यादा सामग्री ५ थान ९महिलाहरुको लागि० ,मास्क ७४ प्याकेट, दाँत माझ्ने बु्रस र कोलगेट ६९ थान, नुहाउने र कपडा धुने साबुन ६९ थान, विस्कुट ७४ पिस, लिटो २ प्याकेट ९बच्चाहरुको लागि० र ४ थान ५०० मि।लि। सेनिटाइजर रहेको छन । जाँ हेनरी ड्युनाको जन्मजयन्तीको अवसर पारी प्रत्येक बर्ष मे ८ तारिकका दिन विविध कार्यक्रम गरी विश्वभरी यो दिवस मनाउने गरिएको छ ।   कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा शाखा सभापति गुमानराज पुलामी ले नेपाल रेडक्रस एक निश्वार्थ सेवा मूलक संस्था भएको र हरेक क्षेत्रबाट संकलन गरिएको दान, चन्दा वापतको रकम जम्मा गरी मानवीय सेवा प्रदान गर्न आवश्यक पर्ने क्षेत्रमा उक्त रकम बाट विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउनु भयो । नेपाल रेडक्रस जहिले पनि दुःखमा परेको व्यक्तिहरुको घाउँमा मल्हम लगाउँदै आएको समेत बताउदै रेडक्रस मार्फत विभिन्न दिवस तथा समारोहको अवसरमा जिल्ला अस्पताल, कारागार, जिल्ला स्थित विभिन्न स्वास्थ्य संघ संस्थाहरु तथा विद्यालयहरुमा समेत विभिन्न सामग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र यसलाई आगामी दिनमा निरन्तरता दिने समेत बताउनु भयो ।त्यस्तै कार्यक्रमको प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले विश्व रेडक्रस दिवस मे ८ २०२३ को शुभकामना दिदै नेपाल रेडक्रसले गर्दै आएको विपद् व्यवस्थापन लगायत महत्वपूर्ण कार्यको प्रंशसा समेत गर्दै रेडक्रसले विभिन्न दिवस तथा कार्यक्रमको अवसरमा गर्दै आएको सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्ने र रेडक्रसको महत्वको बारेमा सबैलाई बुझाउने पर्नेमा जोड दिनु पर्ने बताउदै जिल्ला शाखा मार्फत कारागार कार्यालय प्यूठानमा रहेका कैदी बन्दीहरुको लागि वितरण गरिएको सरसफाई तथा स्वच्छता सामग्रीले जेल भित्र रहेको कैदीहरुको सरसफाईमा महत्वपूर्ण सहयोग पुग्ने भएको हुँदा यस किसिमको सेवामूलक कार्यको लागि नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखालाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा सभापति गुमानराज पुलामी, सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, कारागार कार्यालय प्यूठानका प्रमुख सुर्य बहादुर पन्त, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा कोषाध्यक्ष घनश्याम न्यौपाने, कार्यसमिति सदस्य मिना गरी लगायत जिल्ला शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला शाखामा कार्यरत कर्मचारी देवीराम शर्माले गर्नुभएको हो । त्यस्तै विश्व रेडक्रस दिवसको अवसरमा गौमुखी गाउपालिका ठूलावेसिमा विपद व्यवस्थापनको लागि नेपाल रेडक्रस सोसाइटि जिल्ला उपशाखा  प्युठान खोलिएको सभापति जोगिन्द्र मल्ल ठकुरीले जानकारी दिनुभएको छ ।  

यो पनि पढ्नुहोस्