समय : १०:२८ pm | शुक्रबार , चैत्र ६ गते २०८२

मुख तथा दाँत रोग स्वास्थ्य शिविर फोप्लीमा १२८ जनाले सेवा लिए

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०८०
सन्तोष सुनार प्युठान ।नौवहिनी गाउँपालिकाको आयोजनामा मुख तथा दाँत रोग सम्बन्धि स्वास्थ्य शिविर फोप्ली स्वास्थ्य चौकीमा शुक्रवार सन्चालन भएकोमा १२८ जनाले सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख (हे.अ) प्रकाश घिमिरेले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।   जसअन्तर्गत महिला ९८ र पुरुष ३० जना गरि जम्मा १२८ जनाले सेवा लिनुभएको हो । त्यस्तै दाँत फाल्नेमा ५७ जना महिला र १३ जना पुरुष गरि ७० रहनुभइको थियो ।

यो पनि पढ्नुहोस्