स्वर्गद्वारी अपडेट समचार डेक्स ।प्युठान जिल्लाको पुरानो विद्यालय सुन्नानी आधार माध्यमिक विद्यालय माण्डवी-२मर्काबाङ रातापानीको अभिभावकभेला विहिवार सम्पन्न भएको छ।

भेलाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन)ले समाज रुपान्तरण गर्ने शिक्षाको महत्त्वपूर्ण भुमिका रहेको बताउदै शिक्षालय जस्तो पबित्र स्थलमा सबैको एक रुपता हुन पर्ने बताउनुभयो । । अध्यक्ष अधिकारीले शिक्षा र शिक्षालयमा सबैले सकारात्मक धारणा बनाइ शैक्षिक वातावरण सभ्य,मर्यादित, र अनुशासित हुनपर्ने अध्यक्ष अधिकारीको भनाई रहेको थियो ।


भेलामा वडा अध्यक्ष प्रकाश वलि,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शुभकामना मन्तव्य दिनु भयको थियो । भेला कार्यक्रममा कार्यपालिका सदस्य रमा पौडेल,गाउँपालिका शिक्षा शाखाका तुल्सी कार्की,स्थानीय राजनैतिक दलका प्रतिनिधि,समाजसेवी र अभिभावकहरुको उपस्थिति रहेको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा भयको भेलाको संचालन शिक्षक जित बहादुर रोकाले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक खड्क बहादुर केसीले गर्नु भएको थियो । भेलाले यम बहादुर पुनको अध्यक्षतामा बिधालय व्यवस्थापन समिति र घन बहादुर घर्तीको अध्यक्षतामा शिक्षक अभिभावक सघ चयन गरेको छ।