समय : ०५:२५ pm | सोमबार , भाद्र १६ गते २०८२

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीद्वारा दाबी पेस

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८०

स्ववर्गद्वारी अपडेट समचार डेक्स प्युठान । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् । उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् ।  प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २  सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो ।

यो पनि पढ्नुहोस्