जनप्रतिनिधि घर्तिमगरको निधनमा नौबहिनीमा आज शोक बिदा
स्वर्गद्वारी समचार डेक्स । जिल्लाको नौबहिनी गाउपालिका वडा नम्वर २ का जनप्रतिनिधि तथा वडा सदस्य ५७ वर्षीय थम्मन सिंह घर्तिमगरको आइतवार आकस्मिक निधन भएको हुदा नौबहिनी गाउँपालिकाले आज सोमवार शोक विदा दिएको छ ।
आइतबार विज्ञप्ती जारी गर्दै शोक विदामा गाउँपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी तथा सबै सामुदायिक विद्यालयहरुमा शोक विदा दिने विज्ञप्तीमा उल्लेख रहेको छ। । मृतक जनप्रतिनिधि घर्तिमगर दम रोगको विरामी हुनुहुन्थियो । उहा गत वर्ष स्थानिय चुनावमा नेपाली काङ्ग्ग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।








