समय : १२:२१ am | शनिबार , चैत्र ६ गते २०८२

वडा सदस्य घर्तिमगरको आकस्मिक निधन

स्वर्गद्वारी अपडेट | वैशाख १० गते २०८०
सन्तोष सुनार प्युठान । नौबहिनी गाउपालिका २ का वडासदस्यको आकस्मिक निधन भएको छ । आइतवार नौबहिनी गाउपालिका २ लिघाका वडा सदस्य कुर्तिबाङ्ग निवासी वर्ष ५७ का थमन घर्तिमगरको आकश्मिक निधन भएको वडा अध्यक्ष गोपिराम घर्तिमगरले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मृत्यक घर्तिमगलाई दम रोग रहेको वडा अध्यक्ष घर्तिमगरले बताए । चार दिनदेखि घर्तिमगरको स्वास्थ्यमा केहि समस्या देखिएको र आज विहान ८ वजे आफ्ना छोरालाई मकै छर्न भनी छोराहरुले मकै छर्न बारीमा गोरु नार्न लागेको बेला उनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घर्तिमगर गत वर्ष स्थानिय चुनावमा नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिय ।

यो पनि पढ्नुहोस्