स्वर्गद्वारी समचार डेक्स । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् ।उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आफैलाई मतदान गर्न भने नपाउने हुनुभएको छ ।उहाँको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने हुनुभएको हो