समय : १२:२० am | शनिबार , चैत्र ६ गते २०८२

विद्यार्थी खोज्दै घरदैलो अभियान  

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८०
राधिका भुसाल  प्युठान। प्युठानको सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन्।जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक/शिक्षिका सम्बन्धित वडा अध्यक्ष सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेको छन। जिल्लाको माण्डवी गाउँपालिकाको गणेश माध्यमिकमा विद्यालयका प्रधानाध्यापक बल राम पुन मगरले  सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने विद्यालयका शिक्षकहरू घरदैलो अभियानमा लागेको बताए।‘हामी विद्यालयको विद्यार्थीको संख्या बढाउने उदेश्यका साथ भर्ना गर्न घरदैलो अभियानमा लागेका छौं,’ उनले भने, ‘निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आवाहन गरेका छौं।’ प्रधानाध्यापक पुनले यस वर्ष ५ सय विद्यार्थी भर्ना गर्ने लक्ष्यअनुसार र कुनै पनि बाबु /नानुहरु बिद्यालयबाट वन्चित नहुन भन्ने उदेश्यका घरदैलो अभियानमा लागेको जानकारी दिए।गणेश माध्यमिकमा बिद्यालयमा हाल २ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई भईरहेको पुनले बताए। अभिभावक तथा विद्यार्थीहरूमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला प्युठानमा सामुदायिक विद्यालयहरूले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेका छन्।    

यो पनि पढ्नुहोस्