समय : ०७:३४ am | शुक्रबार , फागुन १५ गते २०८२

प्यूठानमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

स्वर्गद्वारी अपडेट | वैशाख ५ गते २०८०

स्वर्गद्वारी अपडेट समचार डेक्स ।प्यूठानमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यहरुलाई प्रदान गर्ने ऋण प्रभावकारी रुपले परिचालन गर्न तथा सहकारीका विभिन्न जोखिमहरुको बेलैमा पहिचान गरी व्यवस्थित एवं नियमसंगत तवरले संस्था सञ्चालन गर्न सहकारीकर्मीहरुलाई दक्ष बनाउने उद्धेश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कुन० को आयोजनामा तालिम आयोजना गरिएको हो । बचत तथा ऋण सहकारी संघ लि। प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा आज विहान भएको तालिमको उद्घाटन सत्रमा जिल्ला सहकारी संघ लि। प्यूठानका अध्यक्ष सुशील पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पोखरेलले वर्तमान परिवेशमा महत्वपूर्ण विषय छनौट गरी प्यूठानमा तालिम आयोजना गरेकोमा नेफ्स्कुनलाई धन्यवाद व्यक्त गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेको सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा स्थानीय सरकारको विशेष ध्यान जानु पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष भोज बहादुर बस्नेतले जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनमा बचत संघ प्यूठानले नेफ्स्कुन संग समन्वय गरी कार्य गरीरहेको चर्चा गर्दै जिल्लामा स्थानीय तहहरुले सहकारीहरुको विकास र प्रवद्र्धनका लागि आधारशिला कार्यक्रम,विभिन्न क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न अपरिहार्य रहेको बताउनु भयो । सहकारीहरु अव नीति र विधि अनुसार चल्न जरुरी रहेको भन्दै अध्यक्ष बस्नेतले बचत संघ प्यूठानले नेफ्स्कुन संगको सहकार्यमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कायक्रम सञ्चालन गर्न साधारण सभाबाट कार्य योजना पारित गरीसकेकाले कार्यक्रममा आवद्ध हुन बचत तथा ऋण सहकारी संस्थाहरुलाई आग्रह समेत गर्नु भयो । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि। का व्यवस्थापक प्रकाश बैद्यले स्वागत गरेका कार्यक्रमको सञ्चालन नेफ्स्कुन फिल्ड कार्यालय दाङ्गका इन्चार्ज विष्णु जोशिले गर्नु भएको थियो । जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ,सञ्चालक समिति,ऋण समिति,लेखा समितिका पदाधिकारीहरु गरी २५ जनाको सहभागिता रहेको तालिमको सहजिकरण नेफ्स्कुन तालिम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको छ । तालिम २ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्