समय : ०५:१८ pm | सोमबार , भाद्र १६ गते २०८२

बेरुजुमा प्युठानको माण्डवी गाउँपालिका पहिलो

स्वर्गद्वारी अपडेट | वैशाख ३ गते २०८०
स्वर्गद्वारी अपडेट प्युठान।प्युठानको ७ स्थानीय तहहरु गरेर करिव ११ करोड रकम बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार जिल्लाका ७ स्थानीय तहको आर्थिक बर्ष २०७८/०७९ मा रु १० करोड ९९ लाख ७० हजार रुपैया बेरुजु देखिएको हो । तर मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने शुन्य देखिएको छ । महालेखा परीक्षकको कार्यालय अनुसार जिल्लामा सबैभन्दा बढी माण्डवी गाउँपालिकामा बेरुजु देखिएको छ।माण्डवी गाउँपालिकाको रु ९४ करोड ७९ लाख १८ हजारको लेखा परीक्षण गर्दा २ करोड ६१ लाख ९४ हजार बेरुजु देखिएको हो । जुन लेखा परीक्षणको २.७६ प्रतिशत हुन आउदछ । माण्डवी गाउँपालिका पछि बेरुजु बढी हुनेमा स्वर्गद्धारी नगरपालिका रहेको छ । १ अर्व  ३३ करोड २ लाख ७ हजारको लेखा परीक्षणमा ३ करोड ५२ लाख ६७ हजार अर्थात २.६४ प्रतिशत बेरुजु देखिउको प्रतिवेदनमा उल्लेखित छ ।                                                                                                                                          रु. हजारमा
क्र.सं पालिकाको नाम लेखापरषिण रकम बेरुजु रकम प्रतिशत
गौमुखी गाउँपालिका १०५२६४५ ४४१२ ०.१२
झिमरुक गाउँपालिका १२२५७१२ ३६३६ ०.३
नौबहिनी गाउँपालिका १३७९८३६ ६२७७ ०.४५
सरुमारानी गाउँपालिका ९०३८९९
स्वर्गद्धारी नगरपालिका १३३८२७८ ३५२६७ २.६४
ऐरावती गाउँपालिका १०५२५२३ २४०७६ २.२९
प्युठान नगरपालिका १६५२९७२ २३३७ ०.४
माण्डवी गाउँपालिका ९४७९१८ २६१९४ २.७६
मल्लरानी गाउँपालिका ८८१३२४
  के हो बेरुजु ? संघिय सरकारको खरिद उेन अनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परिक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ । बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ वा सम्बन्धित कागजातका रित पू¥याएर राख भनेर सुझाव समेत दिने काम पनि हो । आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पु¥याउनुपर्ने रित नपुर्याई  कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औाल्याएको वा ठहर्याएको  कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ।

यो पनि पढ्नुहोस्