प्युठानका दुई स्थानियतहमा बेरुजु शून्य
स्वर्गद्वारी समाचार डेक्स प्युठान।प्युठानका दुई वटा स्थानियतहले आर्थिक वर्ष २०७९र०८० मा पनि देशभरमै उत्कृष्ट परिणाम हासिल गरेका छन्।प्युठान जिल्लाका मल्लरानी र सरुमारानी गाउँपालिकामा पनि बेरुजु शून्य रहेको छ।सरूमारानीले आर्थिक बर्ष २०७६/०७७ को बेरूजु पनि सम्परीक्षण पश्चात शून्यमा झारेको छ ।दुबै पालिकाको आर्थिक वर्ष २०७७/०७८ मा पनि बेरुजु शुन्य भएको थियो । महालेखा परीक्षकको कार्यालयले विहिवार ६०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।यस्तै प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु कर्णालीमा र सबैभन्दा कम गण्डकीमा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।








