रम्दिको चिनामा ट्याक्टर दुर्घटना एकको मृत्यु , तिन घाइते
सन्तोष सुनार प्युठान। जिल्लाको माण्डवि गाउपालिका ५ रम्दिको चिनामा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु भएको छ भने तिन घाइते भएका छन ।मङ्गलवार विहान करिव ८ बजे चेरनेटा रम्दि सडकको नाला बनाउन लागि गिट्टि अनलोड गरी खोलामा गिट्टी लिनको लागि चेरनेटा फर्कदै गरेको रा १ त ४१५६ नम्वरको ट्याक्टर सडक देखि सय मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक शुसिल थापाले जानकारीदिनुभयो । दुर्घटनामा परी मृत्यु हुने नौबहिनी गाउपालिका १ ठुलोगाउ बस्ने वर्ष २५की महिला पम्फा सुनार रहेकी छन । त्यस्तै घाइते हुने हरुमा नौबहिनी गाउपालिका ५ को ट्याक्टर चालक बर्ष १९ का विक्रम परियार गम्भिर, नौबहिनी गाउपालिका १ बर्ष १८को दुर्गा बिक र गौमुखि गाउपालिका ६ का बर्ष २०को विक्रम बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक थापाले बताउनु भयो । घाइतेको उपचारको लागि जिल्ला अस्पताल विजुवारमा ल्याइएको छ ।








