समय : ०३:३२ am | शनिबार , चैत्र ६ गते २०८२

गुडिरहेको पिकअपमा अचानक आगो लाग्यो

स्वर्गद्वारी अपडेट | चैत्र २६ गते २०७९
सन्तोष सुनार प्युठान । प्युठान सदरमुकाम खलंगामा गुडिरहेको पिकअप जीपमा अचानक आगो लागेको छ ।अर्घाखाँचीबाट प्युठान आउदै गरेको प्रदेश ३(०१०२३ च ५७६८ नम्बर जीपमा खलंगामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तल पिकअपमा  आगो लागेको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी निरिक्षक शुसील थापाले जानकारी दिनुभयो  ।अर्घाखाँची अस्पतालमा सामान पुराएर फर्किएको अवस्थामा सो घटना भएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।  गाडीमा प्युठान अस्पतालको  सामान फिनेलरहेको बताईएको छ । पिकप जलेर पुरै नष्ट भएको छ । घटनामा मानवीय क्षति भएको  छैन।  

यो पनि पढ्नुहोस्