समय : ०४:५९ am | शुक्रबार , फागुन १४ गते २०८२

सिस्नो टिप्न घरबाट निस्केका दुई बालिका मृत अवस्थामा फेला

स्वर्गद्वारी अपडेट | चैत्र २३ गते २०७९

स्वर्गद्वारी अपेडेट समचार डेक्स । रुकुम पूर्वमा सिस्नो टिप्न घरबाट निस्केका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका हुन् । तारामान बुढाका दुई छोरीहरु बुधबार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए ।दुवै जना मृत अवस्थामा फेला परेको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले लगाएका गरगहनाहरु लुटपाट पश्चात हत्या गरिएको अनुमान गरिएको छ ।हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका हुन् । सूचना पश्चात घटना स्थलतर्फ प्रहरी जाँदै गरेको बताईएको छ।

यो पनि पढ्नुहोस्