स्वर्गद्वारी अपडेट समचार डेक्स
दाङमा एसईई दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । शान्तिनगर गाउँपालिका –७ धनौरीमा रहेको शिव शक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बलात्कार पछि भागेको इलाका प्रहरी तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको को । शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरीले कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तीब्र पारेको छ








