सन्तोष सुनार प्युठान
चैत २१ गते।माण्डवी गाउँपालिका प्युठानले आइतबारदेखि पालिका भित्रका वडाहरुमा सेवा प्रवाह सम्बन्धि एकिकृत घुम्ती शिविर संचालन गरेको तेस्रो दिन आज मङ्गलवार माण्डवी गाउँपालिका (३ नयागाउको कृष्ण आ।वि मार्सिबाङमा सन्चालन गरेको छ ।

शिविरमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको हो । शिविर कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएका अधिकारीले यो शिविरमा अत्याधिक जनताको सहभागिता रहनु पर्ने भन्दै सहज ढङ्गले जनताले सेवा लिनुपर्ने बताउनुभयो । अधिकारी (रोसनले जनतालाई परेको समस्या हल गर्ने स्थानीय सरकार लागि परेको हुँदा स्थानीय सरकार र जनताको सहकार्य हुन जरुरी रहेको बताउनु भएको छ । जनताका माझ भिजेर विकासमा नयाँ तरिका साथ आम नागरिको समस्याहरु समधान गर्न यस शिविरका साथ लागेको अधिकारी को भनाई रहेको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले टोलटोल,बस्ती बस्तिमा गएर जनताको सेबा गर्ने यो शिविर संचालन गरिएको बताउनुभएको छ । गाउमा जादा जनताको समस्याहरु प्रत्यक्ष रुपमा बुझ्न सकिने , देख्न सकिने र हामीले सोहि अनुसार समस्याको छिटैहल र विकास निर्माण्मा कार्यमा तिब्रता हुने उपाध्यक्षकालाथोकिको भनाइृ रहेको छ ।

शिविरमा गाउँपालिका प्रबक्ता जितामित्र सुनारले शिविर सफलता सहित जनताले सक्दो शिविरको सदुपयोग गर्न अपेक्षा रहेको बताउनुभयो ।शिविरवाट,पशुसेवातर्फ ९० जना,माटो परिक्षण नमुना संकलन ५५ जना,स्वास्थ्य सेबा तर्फ १४८ जना र जेष्ठ नागरिक परिचयपत्र (२ जना लगायतले शिबिर वाट विभिन्न क्षेत्रमा सेवाहरु प्राप्त गरेका छ्न । स्वास्थ्य परिक्षण डा.सुप्रिम वन्जाडे सहितको टोलीले गरेको हो । शिविरमा स्वास्थ्य,पशु,कृषि,जेष्ठ नागरिक,अपांग परिचयपत्र,ब्यक्तिगत घटना तथा ब्यवसाय दर्ता लगायत गाउँपालिकाबाट दिइने सेबाहरु दिइएको छ । वडा अध्यक्ष धनेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शिविरको आबस्यकता र उदेश्यका बारेमा सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको होभने , संचालन माण्डवी गाउँपालिका पशु चिकित्सक हेमराज आचार्यले संचालन गर्नु भएको थियो ।

शिविरमा जनप्रतिनिधि, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । शिविर भोलि बुधबार माण्डवी(५ बागेश्वरी मा.वि तिघ्रा रम्दिमा संचालन हुने गाउपालिकाले जनाएको छ । ।