समय : ०५:३२ am | शनिबार , चैत्र ६ गते २०८२

टिप्पर ठक्कर बाट महिलाको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र १८ गते २०७९
स्वर्गद्वारी अपडेट, प्युठानप्युठान, झिमरुक नदिमा गिट्टी लोड गर्ने क्रममा टिप्परले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।प्युठान नगरपालिका -७ टिकुरी स्थित नयाँ बसपार्क नजिक शनिबार बिहान लु १ ख ३८८९ नम्बरको टिप्परले पैदल यात्री गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोट निवासी २० बर्षिय गिता बिश्वकर्मालाई टिप्परले ठक्कर दिएको प्रहरीले बताएको छ । शनिबार बिहानको ९:१५ बजे घाइते बिश्वकर्मा लाई उपचारका लागि प्युठान अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी  निरिक्षिक सुशील थापा मगरले  जानकारी दिएका छन्।  

यो पनि पढ्नुहोस्