प्यूठानमा कोभिड विरुद्ध खोप लगाइदै
राधिका भुसाल ,प्यूठान ।प्यूठानमा कोभिड विरुद्ध खोप लगाइने भएको छ ।
शुक्रबार सञ्चारकर्मीहरुसंग छलफल कार्यक्रम आयोजना गरि खोप अभियान थालिएको स्वास्थ्य कार्यालय प्यूठानका कोभिड फोकल पर्सन कौशल राज बैद्यले बताए । यहि चैत्र १५ गतेबाट जिल्लाका २ सय ७० खोप केन्द्रबाट फाइजर– बायोएनटेक खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको हो । जिल्लामा ४१ हजार सात सय डोज खोप लगाइने बैद्यले बताए । कोभिड रोकथामका लागि फाइजर खोप अभियान थालिने बैद्यले जानकारी दिए । उनका अनुसार–‘बुस्टरडोज खोप लगाइसकेका लाई मात्र यो खोप लगाइने छ ।’ १२ वर्ष उमेर माथिका सबै व्यक्तिले फाइजर– बायोएनटेक खोप लगाउन सकिने उनले जानकारी दिए । खोप अभियान सफल पार्न सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।








