समय : ०९:०१ am | शनिबार , चैत्र ७ गते २०८२

१४१ औं विश्व क्षयरोगमा अन्तक्रिया कार्यक्रम

स्वर्गद्वारी अपडेट | चैत्र १० गते २०७९
स्वर्गद्वारी अपडेट समचारदाता । प्यूठान जील्लामा १४१ औं विश्व क्षयरोग २४ मार्च दिवस,को अवसरमा क्षयरोगबारे शुक्रवार एक कार्यक्रम गरी मनाइएको छ । हो हामी क्षयरोग अन्त्य गर्छौं भन्ने नाराका साथ बिएनएमटी र किड्स नेपालको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले कार्यक्रम आयोजना गरेको हो । नेपालमा आर्थिक वर्ष २०८२। ८३ सम्म नयाँ क्षयरोगी २४ प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ भने मृत्युदर ६० प्रतिशतले कम गर्ने लक्ष्य रहेको छ ।प्युठानमा गत वर्ष ४०२ जना क्षयरोगका बिरामी दर्ता भएका थिए भने यो वर्ष १५७ जना क्षयरोगका बिरामी दर्ता भएको निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष १२ जनाको मृत्यु भएको थियो । कम्तीमा ६ महिना औषधी खाए निको हुने भएपनि बिरामीले नियमित औषधी नखाने, रोजगारीका लागि भारत जाने लगायतका समस्या देखिएको छ । बिएनएमटी र किड्स नेपालको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले कार्यक्रम आयोजना गरेको हो । निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक कौशलराज बैधले गर्नु भएको थियो ।  

यो पनि पढ्नुहोस्