समय : ०९:०१ am | शनिबार , चैत्र ७ गते २०८२

युवा हित मंचको आयोजनामा नगरस्तरीय भलिबल प्रतियोगिता सन्चालन हुने

स्वर्गद्वारी अपडेट | चैत्र ९ गते २०७९
सन्तोष सुनार प्यूठान । युवा हित मंचको आयोजनामा नगरस्तरीय भलिबल प्रतियोगिता सन्चालन हुने भएको छ । प्युठान नगरपालिका २ को झिमरुक खेलकुद मैदानमा नगरस्तरिय भलिबल प्रतियोगिता भोलि अर्थात यहि चैत १० गते देखि १२ गतेसम्म सन्चालन गर्न लागिएको युवा हित मंचको अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो । युवामा देखिएको खेल प्रति रुचि र चासोको कारण खेलको आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । खेलमा सहभागी जनाउने खेलाडि टिमको लागि दर्ता शुल्क ४००० हजार रहेको छ । प्रतियोगितामा विजेता हुने खेलाडिलाई प्रथम पुरस्कार ३०,००० हजार , दोस्रो पुरस्कार २०,००० हजार र तेस्रो पुरस्कार १०,००० रहेको उपादक्ष्य युव राज विष्टले स्वर्गद्वारी अपडेटलाई बताउनु भयो । खेलमा उतकृष्ठ हुने खेलाडिलाइृ प्रतियोगितमा भाग लिन चाहने खेलाडिले तिन हजार प्रधान गरिने विष्टले बताउनु भयो। उक्त खेल प्रतियोगितामा भागलिने चाहने इच्छुक खेलाडिले आज विहिवार सम्म अध्यक्ष मुक्ति पोख्रेल र उपादक्ष्य युवराज विष्टलाइृ ९८५७८३३८१६ , ९८४३०१३८६६ मा दिएका नम्वरमा सम्पर्क गर्न सक्नुहुने छ । खेलमा सम्पुर्ण खेल प्रेमी तथा दर्शकलाई उपस्थित हुन आयोजक टिमले आग्रह गरेको युवा हित मंचले विगतका दिन विभिन्न खेलहरु सन्चालन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्