समय : ०९:०१ am | शनिबार , चैत्र ७ गते २०८२

माण्डवीमा जनप्रतिनिधि र कर्मचारीको विषयमा प्रशिक्षण कार्यक्रम सन्चालन

स्वर्गद्वारी अपडेट | चैत्र ९ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स । जिल्लाको माण्डवी गाउँपालिकामा तिन दिने स्थानीय तहको सेवा प्रबाहमा जनप्रतिनिधि र कर्मचारीको विषय प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । विहिवार देखि सुरु गरिएको कार्यक्रमको उदघाटनमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशनले गर्नु भएको छ । अध्यक्ष अधिकारीले हरेकले सीप अनुसारको ज्ञान दिनुपर्ने र जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले दिगो बिकास हुने बताउनु भयो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत टोपेन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो।                 गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले कार्यक्रमको सहजीकरण गर्नु भएको हो ,संचालन प्रशासन अधिकृत बलराम पौडेलले गर्नु भएको थियो।शुक्रबारसम्म संचालन हुने कार्यक्रममा स्थानीय बिकास प्रतिष्ठानका टोपेन्द्र प्रसाद रिजाल,उदयनाथ खनाल,हेमराज थापा,अमित श्रेष्ठ लगायतले तालिमको सहजीकरण गर्नुहुने माण्डवि गाउपालिकाले जनाएको छ । तालिममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो

यो पनि पढ्नुहोस्