समय : ०८:५८ am | शनिबार , चैत्र ७ गते २०८२

जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

स्वर्गद्वारी अपडेट | चैत्र ८ गते २०७९
स्वर्गद्वारी अपडेट।प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ। बुधबार देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो सीप अनुसारको ज्ञान दिनु पर्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले दिगो विकास हुने विस्वास व्यक्त गरेका थिए।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत टोपेन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राखेका थिए।शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले जनभावना अनुसार विकास र समृद्धि हासिल गर्न जनप्रतिनिधि र कर्मचारी विचको समन्वय ,सहकार्य तथा सहजिकरण प्रभावकारी हुनु पर्नेमा जोड दिएका थिए  ।आगामी शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय विकास प्रतिष्ठानका टोपेन्द्र प्रसाद रिजाल,उदयनाथ खनाल,हेमराज थापा,अमित श्रेष्ठ लगायतले तालिमको सहजीकरण गर्नेछन।प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि र विभिन्न विषयगत शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको थियो।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख बलराम पौडेलले गरेका थिए।

यो पनि पढ्नुहोस्