समय : ०८:५३ am | शनिबार , चैत्र ७ गते २०८२

वडा कार्यालयद्वारा जेष्ठ नागरीकलाई सम्मान

स्वर्गद्वारी अपडेट | चैत्र ७ गते २०७९
सन्तोष सुनार प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका २ को वडा कार्यालयले जेष्ठ नागरिकलाई मङ्गलवार एक कार्यक्रम विच सम्मान गरेको छ।उक्त वडामा बसोबास गर्ने ६८ वर्ष पुगेका १५१ जना जेष्ठ नागरिक तथाआमाबुवालाई एक- एक पिस हर्लिस,प्रति व्यक्तिलाई सयका रुपैयाँका दरले यातायात खर्च ,फलफुल  र अविर माला लगाई सम्मान गरिएको वडा अध्यक्ष प्रकाश वलिले जनकारी दिनुभयो । जेष्ठ नागरीक तथा आफ्नो आमावुबालाई सम्मानका साथ लालन पालन गरी उत्कृष्ठ बन्न सफल हुनु भयका माण्डवि गाउपालिका २मर्कावाङका निवासी ९२ वर्षका मान वहादुर दमाईका छोरा उत्तम वहादुर दमाई र पुकरुक निवासी ८९ वर्षिय सुमित्रा देविका छोरा शुकराम दमैलाई एक एक सेट ग्यास चुलो र ग्यास सिलिण्डर सम्मान गरिएको वडाका प्राविधिक यज्ञ खड्काले बताउनु भयो । कार्यक्रम माण्डवि गाउँपालिका २ का वडा अध्यक्ष तथा सोहि गाउँपालिका सामाजिक विकास समितिका संयोजक प्रकाश वलिको अध्यक्षतामा सुरु भएकामो प्रमुख अथिति संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी , विशेष अथितिमा माण्डवि गाउपालिकाको कार्यपालिकी सदस्य रमा पौडेल रहनु भएकोमा कार्यक्रमा स्वागत मन्तव्य वडा सदस्य श्रीराम पुन मगरले राख्नु भएको हो । वडासदस्य यम बहादुर पुन , लक्ष्मी विक जेष्ठ नागरीक लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रको सन्चालन भने वडा सचिव घनश्याम अधिकारी गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्