समय : ०८:३९ am | शनिबार , चैत्र ७ गते २०८२

सडक डिभिजन कार्यालय प्युठानले सुरक्षा सामग्री हस्तान्तरण

स्वर्गद्वारी अपडेट | चैत्र ६ गते २०७९

सन्तोष सुनार ,प्युठानसडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक कार्यालय देबिस्थान प्युठान लाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।माण्डबी गाउँपालिका अवस्थित सडक डिभिजन कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षा प्रभावकारी एवं सहजीकरण गर्नको लागि सुरक्षा सामग्रीहरु जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको डिभिजन कार्यालय प्रमुख बिरेन्द्र चन्दले जानकारी गराए ।चन्दले भने “यहाँको बजार र राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीहरु काउटन टेप २थान वारनिर्ङ टेप२ थान ,एक्सपेन्डेवल व्यारीज १०थान ,ट्राफिक कोन ५ थान ,र कोन टपर २थान सहयोग गरेको स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय देबिस्थानका हवल्दार सरद के.सीले उत्त सामग्री लिदै  आफूलाई सहयोग गरेकोमा धन्यवाद दिदै काममा समेत थप उर्जा मिलेको प्रहरीको भनाई छ । सडक डिभिजन कार्यालय प्युठानले यस अघि पनि  जिल्ला ट्राफिक कार्यालयलाई सुरक्षा  सामग्रीहरु सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस्