स्वर्गद्वारी अपडेट समचार डेक्स । दाङको घोराहीबाट लमही तर्फ जाँदै गरेको मोटरसाईकललाई कुईरेपानीमा मिनी ट्रकले ठक्कर दिदा प्यूठानको नौबहिनी -६ का एक युवकको मृत्यु भएको छ आईतबार दिउँसो घोराहीबाट लमही तर्फ गईरहेको बाग्मती प्रदेश ०२-०१६ प ३६५७ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको प्रदेश ०३-००१ क ०१६९ नम्बरको मिनी ट्रकले बेलुकी करिब ५ बजे ठक्कर दिदा प्यूठान नौबहिनी गा पा ६ का राजन केसीको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
ठक्करबाट घाईते भएका मोटरसाईकल चालक ३२ बर्षिय केसीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको बताईएकोछ ।मोटरसाईकलमा सवार मृतककी श्रमती शन्ध्या केसी र २ बर्षिय छोरी राष्ट्रियता केसीको सोही अस्पतालमा उपचार भैरहेको र दुबै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।








