समय : ०३:१८ pm | बुधबार , वैशाख १६ गते २०८३

प्युठानमा ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाउने

स्वर्गद्वारी अपडेट | चैत्र ४ गते २०७९

स्वर्गद्वारी अपडेट समचारदाता  । ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस प्युठान जिल्लामा विविध कार्यक्रम  गरी मनाईने निर्णय गरीएको छ ।आज शनिबार आयुष्मा होटल जुम्रिमा बसेको राष्ट्रिय दलित पत्रकार संघ प्युठानको बैठकले मार्च २१ अर्थात चैत ७ गते   विभिन्न कार्यक्रम निर्णय गरीएको हो  । दिवसको अवसरमा जिल्लामा जातिय भेदभाव उन्मुलनमा सञ्चारको भुमिका विषयमा अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  यहि चैत ७ गते बिहान जिल्ला अस्पताल बिजुवारमा रक्तदान कार्यक्रम गरेर सोही दिन दिउसो जुम्रीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष लोकेन्द्र सुनारले बताउनुभयो । नेपालको संविधानमा जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै समुदाय स्तरमा सचेतना जगाउन तथा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भएकोछ । रक्तदान तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थिति सम्वद्व ब्यक्ति,निकाय तथा सरोकारवाला निकायहरुलाई उपस्थित हुन अध्यक्ष सुनारले आग्रह समेत गर्नुभएको छ। यो दिवस सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि देशैभर चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् । नेपालमा वि.स. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्