सन्तोष सुनार प्युठान ।प्युठान नगरपालिका ३ बिजयनगर र वडा नम्बर ४ जोड्ने जुम्री खोलामा स्टिल ट्रस्ट झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। शुक्रवार एक कार्यक्रम गरी प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुमन राज श्रेष्ठले उक्त पुलको शिलान्यास गर्नुभएको छ । प्युठान नगरपालिका वडा नम्बर ३ को लगानीमा पुल बन्ने भएपछि विगतदेखि नै समस्या खेपिरहेका स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने भएको छ। चालु आर्थिक वर्षको संघिय अनुदान र वडा कार्यालय बाट बिनियोजित संयुक्त ३८ लाख ८३ हजार रुपैयाँ बजेटमा २८ मिटर लम्बाई रहेको पुल बन्न लागेको हो । पुलको काम उपभोक्ता समिति मार्फत सुरु गरिएको
समितिका अध्यक्ष सिमन्त न्युपानेले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनु भयो । खोलामा पुल नहुँदा स्थानीयबासीले वर्खाको समयमा धरै समस्या भोगिरहनु परेको थियो , अब देखि सो समस्याको समधान हुने भएको छ । कार्यक्रममा वडा अध्यक्ष सुानराज श्रेष्ठ , सव इन्जिनियर भोज बहादुर जि सि , प्युठान नगरपालिकाका इन्जिनियर प्रेम पौडेल , उपभोक्ता समितिका अध्यक्ष सिमन्त न्युपाने , सचिव गोपाल नेपालि , कोषादक्ष्य रेनुका सुनार लगाएत स्थानियको उपस्थित रहेको थियो । गत सालमा बडा अध्यक्षमा निर्वाचित हरनु भएको सुमन राज श्रेष्ठ सामाजिक कार्यका विकास निर्माणमा निकै अग्रहसर भएर लागि रहनु भएको छ ।
