समय : ०८:४६ am | शनिबार , चैत्र ७ गते २०८२

 अध्यक्ष श्रेष्ठबाट झोलुङ्गे पुलको शिलान्यास

स्वर्गद्वारी अपडेट | चैत्र २ गते २०७९
सन्तोष सुनार प्यूठान ।  जिल्लाको प्युठान नगरपालिका ३घुर्चौने  र प्युठान नगरपालिका ४ खड्कडेरा जोडने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । आज विहिवार प्युठान नगरपालिका ३का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले सो पुलको शिलान्यास गरेका हुन । कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता श्रेष्ठले बोल्दै पाच बर्षको समय अवधिभर जनतामुखि भएर काम गर्ने , नपुगेका गाउमा बाटोहरु पुराउने पहिलेको भन्दा व्यवस्थित तरिकाले भिजनका साथ कार्य गरि बडावासीलाई सेवा दिने बताए । प्यूठान नगरपालिका ३ का स्थानियतथा घुरचौनिका वासिन्दाहरु वडा नम्वर ४ खड्का डेरा जानु पर्दा जुम्रि आएर कि ढुङ्ठाटी गएर पुग्नु पर्ने र वडा नम्वर ४ खड्का डेराका पनि वडा ३ तिनका ठाउमा जादा सोहि गर्नु पर्ने भएकाले उक्त पुलको निर्माण गर्न लागेको हो । पुल निर्माण भएपछि जनाताले भोगेको समस्याको समाधान हुने छ । उक्त झोलुङ्गे पुलको पैतिस लाख अन्ठानब्बे हजार योजना रहेको छ । झोलुङ्गे पुलको निर्माणको लागि झोलुङ्गे पुल संघिय अनुदानबाटअठहत्तर प्रतिशत , प्यूठान नगरपालिकाबाट बिस प्रतिशत र उपभोक्क्ता समिति तथा जनश्रम दुई प्रतिशतमा कार्य गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष एकराज भण्डारीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । कार्यक्रममा प्युठान नगरपालिका ३का वडा अध्यक्ष सुमन राज श्रेष्ठ , वडा नम्वर ४को सदस्य टिका खत्री , मल्लरानि ग्रामिण विकास सरोकार केन्द्रका प्राविधिक सन्जय केसि , प्यूठान नगरपालिकाका इन्जिनियर प्रेम पौडेल उपभोक्ता समितिका अध्यक्ष एक राज भण्डारी , सचिव दिपक गमाल , कोषादक्ष्य निमा देवि जैसि समितिका सदस्यहरु तथा स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्