समय : १०:३६ pm | बुधबार , माघ २३ गते २०८१

नगर प्रमुख भण्डारीबाट झोलुङ्गे पुलको शिलान्यास

स्वर्गद्वारी अपडेट | चैत्र १ गते २०७९

सन्तोष सुनार प्यूठान । स्वर्गद्वारी नगरपालिका ९ लामोचौरदेखि प्यूठान नगरपालिका वडा नम्वर १ जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । बुधवार स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीले सो पुलको शिलान्यास गरेका हुन । कार्यक्रममा नगर प्रमुख भण्डारीले पाच बर्षको समय अवधिभर जनतामुखि भएर काम गर्ने , नपुगेका गाउमा बाटोहरु व्यवस्थित तरिकाले बाटो पुराउने तथा जीर्ण रुपमा रहेका मर्मत गर्ने बताए ।

उक्त झोलुङ्गे पुलको ४७ लाख पन्चानव्बे हजार योजना रहेको छ । झोलुङ्गे पुलको निर्माणको लागि मल्लारानि ग्रामिण विकास सरकार केन्द्र झोलुङ्गे पुल संघिय अनुदानबाट पचासी प्रतिशत , स्वर्गद्वारी नगरपालिकाबाट तेह्र प्रतिशत र उपभोक्क्ता समितिबाट दुई प्रतिशतमा कार्य गर्न लागिएको उपभोक्ता समितिका सचिव निधुराम जि. सि.ले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , वडा अध्यक्ष नर बहादुर बुढा मगर , मल्लरानि ग्रामिण विकास सरोकार केन्द्रका प्राविधिक सन्जय केसि , स्वर्गद्वारी नगरपालिकाका इन्जिनियर सन्जय केसि , उपभोक्ता समितिका अध्यक्ष बोम प्रसाद भण्डारी , सचिव निधुराम जि सी  ,समितिका सदस्यहरु तथा स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्